२२ कार्तिक २०८३, आइतबार

झापामा चट्याङ लागेर एकको मृत्यु

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


सुरुङ्गा, २८ चैत । वर्षासँगै परेको चट्याङका कारण गएराति झापाको कचनकबल गाउँपालिका–१ कुटी निवासी ५५ वर्षीय महेशलाल यादवको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मंगलबार राति परेको चट्याङ लागेर उनको मृत्यु भएको हो । ग्वालाको काम गर्दै आएका उनलाई भारतको सुरिभिट्टा बजारमा दूध पुर्‍याएर घर फर्कने क्रममा नेपाल भारतको सीमानामा चट्याङ लागेको थियो ।

चट्याङ लागेर बेहोस् बनेका उनलाई स्थानीयवासीले बिर्तामोडस्थित अस्पताल पठाए पनि रातिनै उहाँको बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय राजगढका प्रहरी प्रमुख नेत्र रानाले जानकारी दिए ।–रासस