२२ कार्तिक २०८३, आइतबार

लमजुङमा भालुको आक्रमणबाट युवक गम्भीर

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

– बेलिना थापा

लमजुङ, २८ चैत । लमजुङको मस्र्याङदी गाउँपालिका २, घनपोखरा प्रोबिका एक युवक भालुको आक्रमणमा परेर गम्भीर घाइते भएका छन् । २४ वर्षीय सोमबहादुर तामाङ भालुको आक्रमणमा परेका हुन् ।

घाँस काट्न गएका तामाङ गाउँबाट साढे २ घण्टाको बाटोमा पर्ने मार्दा भन्ने ठाउँमा भालुुले आक्रमण गरेको उनीसंगै गएका नाताले दाइ पर्ने बुद्धिबहादुर तामाङले बताउनुभयो ।

भालुले आक्रमण गर्दा सोमबहादुरको टाउको, मुख, घाँटी र दायाँ पाखुरामा गम्भीर चोट लागेको प्रहरीले बताएको छ । मंगलबार बिहान साँढे ८ बजे आक्रमणमा परेका उनलाई गाउँलेले १२ घण्टापछि राती साँढे ८ बजे लमजुङ जिल्ला सामुदायिक अस्पताल ल्याउन सफल भएका हुन् ।

बेंसीसहर आउँदा १ घण्टाको बाटोमात्रै सवारी प्रयोग गरिएको र बाँकी बोकेरै ल्याइएको घाइते तामाङकी पत्नि जुनाले बताउनुभयो ।

लमजुङमा उपचार हुन नसकेपछि उनलाई प्राथामिक उपचार गरी थप उपचारको लागि राती काठमाडौं टिचिङ अस्पताल लगिएको छ ।

आर्थिक अवस्था ज्यादै नाजुक भएका तामाङ परिवारको लागि पुख्र्यौली प्रोबी घर भई हाल बेंसीसहर बस्दै आएका पूर्णचन्द्र घिमिरेले आफैं ५ हजार रुपैयाँ दिएर थप १० हजार रुपैयाँ खोजी उपचार खर्च पठाउनुभएको छ ।