३१ आश्विन २०८३, शनिबार

बेलायतमा क्षेत्री समाजको नयाँ नेतृत्व चयन, राजन बने अध्यक्ष

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन । क्षेत्री समाज बेलायतमा नयाँ नेतृत्व चयन भएको छ । आइतबार लण्डनमा सम्पन्न संस्थाको छैठौं अधिवेसनले राजनकुमार क्षेत्रीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा टेकबहादुर जिसी, यज्ञ क्षेत्री र प्रतिमा केसी, महासचिवमा कुमार केसी, सचिवमा उत्तम खत्री, कोषाध्यक्षमा सेविका जिसी र सहकोषाध्यक्षमा महेन्द्र केसी निर्विरोध भएका छन् ।

जनसम्पर्क सचिव दिलबहादुर जिसी, महिला संयोजक श्रद्धा थापा, सांस्कृतिक सचिव गिता रायमाझी र मिडिया संयोजक नरेन्द्र बस्नेत चयन भए । कार्यसमितिको सदस्यहरुमा टोपबहादुर राउत, दुर्गा बानिया, सुनिल खड्का, सरोजकुमार थापा, मनीषकुमार थापा, मनीष खड्का र इन्द्र क्षेत्री चुनिएका छन् ।

यसअघि उपाध्यक्षबाहेकका सबै पद निर्विरोध भएपछि उपाध्यक्षको संख्या बढाएर सिंगो कार्यसमिति नै सर्वसम्मत बनाइएको थियो । नयां कार्यसमिति चयनको कार्य भिम बानिया, रामशरण सिंखडा र धन क्षेत्री सम्मिलित निर्वाचन समितिले सम्पन्न गराएको थियो ।

अधिवेसनको पहिलो सत्रमा लण्डनस्थित नेपाली दूतावासका उपप्रमुख शरदराज आरन, क्षेत्री समाज नेपालका पूर्व अध्यक्ष डा दिलबहादुर जिसी, क्षेत्री समाज यद्दकेका संस्थापक अध्यक्ष कृष्णबहादुर क्षेत्री, समाजका प्रमुख संरक्षक ध्रुव केसी, एनआरएन केन्द्रीय उपाध्यक्ष कुल आचार्य, पत्रकार महासंघ बेलायतका अध्यक्ष नरेश खपांगी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

दोस्रो सत्रको सुरुमा बन्दसत्र गरिएको थियो । जसमा संस्थाको वार्षिक तथा आर्थिक प्रतिवेदन, विधान शंसोधन प्रस्ताव लगायतलाई छलफलपछि पारित गरिएको थियो ।