२२ कार्तिक २०८३, आइतबार

बलात्कार अभियोगमा पाँचजनालाई जेल चलान

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २७ चैत । नाबालिकालाई सामूहिक बलात्कार गर्ने पाँच जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ ।

यही फागुन १७ गते बल्खुबाट हराएकी १५ वर्षीया बालिकालाई १३ दिन बन्धक बनाई सामूहिक बलात्कार गर्ने सन्तोष घिमिरे, दिवस गड्तौला, सुदीप बजगाईं, भोला तामाङ र चन्द्र सापकोटालाई मंगलबार जेल चलान गरिएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता मोहनकुमार थापाले आजको काठमाडौँ जिल्ला अदालतको आदेशानुसार जेल चलान गरिएको जानकारी दिए । –रासस