
चितवन, २७ चैत । भरतपुर महानगरपालिका वडा नम्वर १० का वडाध्यक्ष अरुणपिडित भण्डरीमाथि आक्रमण भएको छ । उनी आफ्नो बा १० च २५९२ नम्बरको गाडीमा तेल भरेर चढ्न लागेका बेला पछाडिबाट आएको एक समुहले आक्रमण गरेको हो ।
अज्ञात व्याक्तिले मोविल छर्कनुका साथै ढुंगाले हानेर भागेको बताइएको छ । उनको टाउकोमा चोट लागेको छ । भण्डारीको अवस्था सामान्य रहेको र भरतपुर अस्पतालमा उपचार भइरहेको छ । भण्डारीमाथि आक्रमण गर्नेको पहिचान भएको छैन ।
नारायणगढको सिद्धी आयल स्टोर्समा पेट्रोल भर्ने क्रममा उनलाई स्कुटरमा आएको एक अपरिचित व्याक्तिले पछाडिवाट मोविल खन्याएर भागेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
पेट्रोलपम्पको सिसिटिभीको भिडियोका आधारमा घटनामा संलग्नको खोजिकार्य तीब्र पारिएको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया