२२ कार्तिक २०८३, आइतबार

अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघको अध्यक्षमा डा.शर्मा

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २७ चैत । प्रतिनिधिसभा सांसद एवम् माओवादी केन्द स्वास्थ्य विभागकी ईन्चार्ज अन्जना बिशंखेले अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघ विचारसहितको संगठन भएको दाबी गरेकी छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालमा अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै बिशंखेले यस्तो दाबी गरेकी हुन ।

उनले भनिन्, ‘जनताको जनजीविका र औषधी उपलब्ध गराउनको लागि होस्, स्वास्थ्य बीमाको लागि होस्, यस संगठनले महत्वपूर्ण भूमिका खेल्दै आएको छ, नयाँ कार्यसमिति चलयन भएको छ, अबका दिनमा समृद्ध मुलुकको जनपक्षीय स्वास्थ्य नीति निर्माण गर्नमा समेत सहयोग गर्नेछ ।’

त्यस्तै कार्यक्रममा महासंघका नव–निर्वाचित अध्यक्ष कृष्णसागर शर्मा पौडेलले संविधानमा स्वास्थ्य क्षेत्रलाई मौलिक अधिकारका रुपमा समावेश गरेको भएपनि कार्यान्वयमा गतिशिलता नभएको टिप्पणी गरेका छन् ।

उनले भने, ‘स्वास्थ्य क्षेत्रलाई मौलिक अधिकारको रुपमा समावेश गरिएपनि सबै नागरिकले उचित किसिमको स्वास्थ्य सेवा पाउन सकेका छैनन्, निःशुल्क औषधि वितरण, स्वास्थ्य बीमा सबै जनतासामू पु¥याउनको लागि विगतमा हामीले संगठनको तर्फबाट महत्वपूर्ण भूमिका खेलेका थियौँ, अब उक्त अधिकारलाई कार्यान्वयन गर्नको लागि महासंघले काम गर्नेछ ।’

अध्यक्ष शर्माले अघि थपे, ‘जनस्वास्थ्यका सबै क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरुको सेवा सुविधा तथा अधिकारलाई संरक्षण गर्दै उनीहरुको व्यवसायीक सिप क्षमता तथा दक्षतालाई अध्ययन अनुसन्धान सहित थप समृद्ध बनाउँदै जनतासँगको सम्बन्धलाई प्रगाढ बनाउने, स्वास्थ्य क्षेत्रमा देखिए विकृति, विसंगतीको अन्त्य गर्न र ठेक्काप्रथाको अन्त्य गर्न, वीपि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा कर्मचारीको हकहित विरोधी नियमावली संशोधन सहित पद पूर्तिमा देखिएको व्यापक अनियमिता बिरुद्ध हाम्रो महासंघ लागि पर्नेछ र तत्काल यस्ता विकृतिको अन्त्य नगरिए आवश्यकता अनुसार कडा आन्दोलनमा उत्रिने जानकारी गराउँदछु ।’

राष्ट्रिय एकता भेलाले डा.कृष्ण सागर शर्मा पौडेलको अध्यक्षतामा ४५ सदस्यीय पदाधिकारी सहित २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ ।