२२ कार्तिक २०८३, आइतबार

लागूऔषध गाँजा सहित पक्राउ

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, २७ चैत । बारा करैया गाउँपालिका–२ बस्ने २८ बर्षीय बाल कृष्ण चौधरीलाई प्रहरीले अवैध लागूऔषध गाँजा ११ किलो सहित पक्राउ गरेको छ ।

हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे चेक पोष्टमा खटिएको प्रहरी टोलीले मंगलबार विहान काठमाडौँबाट बिरगंजतर्फ जाँदै गरेको ना.४ख ६०३५ नम्बरको बसलाई चेक गर्दा चौधरी बसेको सिट मुनी जेब्रा झोलामा लुकाई ल्याएको अवस्थामा उक्त गाँजा बरामद भएको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।