काठमाडौं । विगत पाँच वर्षदेखि राजधानीका क्यासिनोमा नेपाली प्रवेशलाई कडाई गरेपछि क्यासिनो शैलीमा जुवा खेलाउनेको समुह राजधानीमा सक्रिय हुँदै आएको छ ।
क्यासिनोमा नेपाली जुवाडेको प्रवेशमा प्रहरी आक्रमक रूपमा प्रस्तुत हुन थालेपछि क्यासिनोकै शैलीमा घरमा मिनी क्यासिनो नामक जुवा अखडाहरू सञ्चालन गर्ने समुह सक्रिय भएका हुन् । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।
क्यासिनो कै सुबिधा सहित यस्ता मिनी क्यासिनो अहिले उपत्यककामा पाँच दर्जनका हाराहारामी रहेको स्रोत बताउँछ । ति मध्य एक चल्तीको अखडा ललितपुरको सातदोबाटो स्थित महानगरीय प्रहरी वृत्तको पछाडी रहेको छ ।
आशा लिम्बुको नाममा रहेको उक्त घरमा दैनिक जसो करोडौं रूपैंयाको जुवा खेल हँदै आएको छ । यस बारेमा ललितपुर प्रहरी परिसरका एसएसपी गणेश ऐर र सातदोबाटोका प्रहरी जानकार भएपनि मोटो रकम हाता लागेपछि ति प्रहरी आँखा चिम्लिदैएका छन् ।
लिम्बुको घरमा चाँपागांउ टाखेलका लब बस्नेतले जुवा खेलाउँदै आएका हुन् । बस्नेतलाई नेपाली सेनाका जर्नेल होमकुमार लावतीले साथ दिदै आएको स्रोतको दाबी छ । बस्नेत पनि सेनाका पूर्व हबल्दार हुन् ।
उता टोले गुण्डा घवाश्याम महर्जनले पनि उक्त जुवा अखडाबाट हप्ता खादै आएका छन् । जुवा अखडा बेलुका ६ बजेदेखि बिहानको ४ बजेसम्म सञ्चालन हुँदै आएका जानकारहरू बताउँछन् । दैनिक ५० देखि ६० लाखसम्म हारजित हुने उक्त जुवा अखडाबाट बस्नेतले १० लाख जति कमिशन उठाउँछन ।
उक्त रकम टोले गुण्डा देखि ललितपुर परिसरका प्रमुख एसएसपी ऐरले भागशान्ति गर्दै आएका छन् । बालुवा व्यापारी अष्ट लामा, मुर्ती व्यापारी नन्द मर्हजन, जग्गा व्यापारी शुशिल न्यौपाने, शेयर कारोबारी मिनबाहादुर राउत, हार्डवेयर ब्यापारी सचिन मर्हजन र सेनाका जर्नेल लावती उक्त जुवा अखडाका भिआइपी जुवाडे हुन ।
अखडा सञ्चालक बस्नेतले प्रिपेड जुवा अखडाको शैलीमा कहिले काँही धापाखेलको धापा हाईटस्थित जर्नेल लावती कै घरमा समेत जुवा खेलाउँदै आएको स्रोतको दाबी छ । क्यास नहुने जुवाडेलाई बस्नेत र जर्नेल लावती आफैंले जग्गा बैनाको कागज र चेक लिएर जुवा खेल्ने पैसा उपलब्ध गराउँदै आएको स्रोतको दाबी छ ।












प्रतिक्रिया