न्युयोर्क । न्युयोर्कमा सन् २०१६ र सन् २०१७ मा सफलता पूर्वक सम्पन्न गरेको नेपाल चिनाउने नेपाल डे परेड (नेपाल प्रदर्शन दिवस) २०१६ र २०१७ को हिसाव किताव हिनामिना भएको खुलाशा भएको छ । अनियमितता सम्बन्धी समाचार न्युजर्सीबाट संचालित युएसनेपालअनलाइनले प्रकाशित गरेको छ ।
हिसाबकिताव हिनामिना तथा गडबड भएकोले नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना)ले बिज्ञप्ति जारी गरेको छ । सन् २०१६ र सन् २०१७ मा नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना) र महासंघका १६ वटा संघ संस्थाहरूको समन्बय र संयोजनमा महासंघकै कर परिचय पत्र संख्या (ट्याक्स आईडी नम्बर प्रयोग गरी नेपाल डे परेड)नेपाल प्रदर्शन दिवसका नाममा अमेरिकी डलर ६७,३८१ चन्दा सङ्कलन गरेको थियो ।
उक्त उठेको रकमको हिसाब किताब महासंघको नयाँ कार्यसमितिलाई नबुझाएको भन्दै महासंघले पूर्व केही अधिकारीहरूलाई पटक पटक अनुरोध गर्दा बेवास्ता गरेको भन्दै यसबाट उत्पन्न कानूनी तथा अड्चन बारे सम्बन्धित व्यक्तिहरु जिम्मेबारी हुनु पर्ने ध्यानाकर्षण गरेको छ ।
महासंघले बिज्ञप्ति जारी गरी बिगत दुई वर्षका नेपाल डे परेडहरूमा जस्तै महासंघले आफ्ना १६ संघीय परिशद सदस्य संगठनहरू र अन्य नेपाली संस्थाहरू सम्मिलित आयोजक समिति निर्माण गर्न शहर बैठक भेलाको तयारी गरिरहेकै बेला समाजका अगुवाले नेपाल प्रदर्शन दिवस २०१८ को नाममा समाजिक सन्जाल र नेपाली समाजमा अवान्छित गतिबिधीहरु गरेको जानकारी भएको भन्दै महासंघको गम्भिर ध्यानाकर्षण गराएको छ ।















प्रतिक्रिया