२२ कार्तिक २०८३, आइतबार

फेवा ताललाई राष्ट्रिय सम्पदामा राखेर संरक्षण गर्न सांसद् पहारीको माग

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की, २६ चैत । प्रदेश नम्बर ४ का प्रदेशसभा सदस्य राजिव पहारीले फेवा ताललाई राष्ट्रिय सम्पदा घोषणा गर्न प्रदेशसभा बैठकमा माग गरेका छन् । सोमबार भएको प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद पहारीले रारा ताललाई राष्ट्रिय सम्पदा घोषणा गर्न माग गरेका हुन् ।

स्वदेशी तथा विदेशी पर्यटकका लागि आकर्षणको केन्द्र भएको भन्दै पहारीले तालको संरक्षण गर्नुपर्नेमा जोड दिए । दिन प्रति दिन हुँदै गएको अतिक्रमणबाट ताललाई जोगाउन आवश्यक रहेको उनले बताए । उनले तालको गहिराई पनि अहिले घट्दै गएको भन्दै प्रदेशसभाको ध्यानाकर्षण गराए ।

दिउँसो तीन बजेबाट शुरु बैठकको शुरुवातमा शुन्य समयमा केही सांसद्हरुले आफ्ना भनाई राखेको थिए । पछि विशेष समय लिएर प्रदेशसभा सदस्यहरु कृष्णबहादुर थापा, राजीव पहारी, चन्द्रबहादुर बुढा, ज्ञानी थापालगायतले बोलेका थिए ।

यसैविच, बैठकले मुख्यमन्त्री तथा मन्त्रीहरूको सेवासुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित गरेको छ । प्रदेशसभा सदस्य कृष्णबहादुर थापाले प्रस्तुत गरेको मस्यौदा संशोधन समितिको प्रतिवेदनसहित प्रदेशसभा नियमावलीको पहिलो संशोधन विधेयक पनि सर्वसम्मत पारित भएको छ । अर्को बैठक मंगलबार बिहान ११ बजे बस्नेछ ।