२२ कार्तिक २०८३, आइतबार

नेपाली जनताको शक्ति नै ओलीको कूटनीतिक सफलताको आधार : नेता भट्टराई

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


भक्तपुर, २६ चैत । नेकपा(एमाले)का नेता निर्मल भट्टराईले वर्तमान सरकारले जनताको अपार समर्थन पाएको कारण नै प्रधानन्त्री ओलीको भारत भ्रमण ईतिहहासमै सबभन्दा सफल भएको बताएका छन् ।

भक्तपुरमा आयोजित नेकपा(एमाले)को एक भेलालाई सम्बोधन गर्दै उनले भने, ‘ओली नेतृत्वको स्थीर र शक्तिशाली सरकारको सामू भारतीय संस्थापन पक्ष पनि नतमस्तक बन्नु पर्ने अवस्था आयो । र, नेपाली जनताले शीर झुकाउनु परेन ।

भेलालाई सम्बोधन गर्दै नेकपा(एमाले) भक्तपुरका कार्यवाहक अध्यक्ष बचन देउजाले पार्टीले जनप्रतिनिधिलाई समयमै नियन्त्रण र निर्देशन नगरे स्थानीय तहमा अराजकता र भ्रष्टाचार बढ्ने खतरा रहेको बताए ।

सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले जनप्रतिनिधिहरुले सम्बन्धित तहको पार्टी कमिटिको निर्णय बमोजिम चल्नुपर्ने बताए । उनले भने, ‘पार्टीको बलमा हामीले चुनाब जितेको हो, अहिले आफू खुशी चल्न मिल्दैन ।’

भेलामा स्थानीय नेताहरु विष्णु गुमाञ्जु र श्रीकृष्ण बासुले भुकम्प पीडित जनताका गुनासा नगरपालिकाले अविलम्ब सम्बोधन गर्नुपर्ने बताए ।