२२ कार्तिक २०८३, आइतबार

आगलागीबाट दुई घर नष्ट

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राजविराज, २५ चैत । सप्तरीको तिरहुत गाउँपालिका–२ स्थित दलित बस्तीमा आइतबार आगलागी भएको छ ।

गहुँको बाला पोल्ने क्रममा स्थानीयवासी प्रमेश्वर रामको घरमा आगलागी हुँदा निजको फुसको छानो भएको एकतले घर र एउटा गाईगोठ जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

सो आगलागीबाट नगद जिन्सी, भाँडाकुँडा, लत्ताकपडासहित करीब रु दुई लाख मूल्यबराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगोलाई स्थानीयवासी र प्रहरीले नियन्त्रणमा लिएका थिए । –रासस