
रत्ननगर, २५ चैत । रत्ननगर नगरपालिकाले सार्वजनिक जग्गा खोज्ने र संरक्षण गर्ने कामलाई तीब्र पारेको छ । उसले भूमाफिया देखि पूर्व मन्त्रीले समेत अतिक्रमण गरेको सार्वजनिक जग्गा फिर्ता गराउन सफल भएको छ ।
पछिल्लो समय व्यवसायीहरुले सार्वजनिक जग्गामा बनाएर घर भत्काएर जग्गा खाली गर्ने काम सुरु गरिएको सार्वजनिक जग्गा संरक्षण समितिका अध्यक्ष हरिकुमार श्रेष्ठले बताए । दश महिनाको अबधिमा ३० विगहा सार्वजनिक जग्गा खोजि गरी संरक्षण गरेको छ । हरिकुमार श्रेष्ठको अध्यक्षतामा गठित सार्वजनिक जग्गा संरक्षण समितिले सो अबधिमा ३० विगहा जग्गा खोजि गरी संरक्षण गरेको हो ।
असारमा बसेको रत्ननगर नगर कार्यकालिकाको पहिलो बैठकले सार्वजनिक जग्गा संरक्षण गर्ने निर्णय गरी समिति बनाएको थियो । सार्वजनिक जग्गा संरक्षणमा गर्ने क्रममा नगरपालिकाले कठोर निर्णय समेत गरेको छ । सार्वजनिक जग्गामा बनेका घर टहरा समेत भत्काउन सुरु गरिएको समितिका अध्यक्ष श्रेष्ठले बताए । आइतवार चितवनका व्यवसायी कमलचन्द्र खनालले सार्वजनिक जग्गामा बनाएको घर ननगरपालिकाले भत्काएको छ । नगरपालिकाले घर भत्काउन दिएको समयाबधिमा खनालले घर भत्काउन आलटाल गरेपछि नगरपालिकाले डोजर लगाएर घर भत्काएको हो ।
वडा नं.१ र २ को सिमानामा पर्ने टाँडी बजारमा रहेको खनालको घरमा भत्काईएको नगरपालिकाले जनाएको छ । सात मिटर मोहडा र २५ मिटर लम्वाई भएको सार्वजनिक जग्गामा खनालले घर बनाएर व्यवसायिक प्रयोजनको लागि भाडामा दिएका थिए । घर भत्काउन दिएको म्याद भित्र खनालले घर नभत्काएपछि नगरपालिकाले डोजर लगाएर घर भत्काएको सार्वजनिक जग्गा संरक्षण समितिका अध्यक्ष श्रेष्ठले बताए ।
रत्ननगर नगरपालिकाकी कार्यबहाक नगर प्रमुख विमला दुवाडीको नेतृत्वको टोलीले स्थानीय तहको निर्वाचन पछि सार्वजनिक जग्गामा बनाईएको घर पहिलो पटक भत्काउन सुरु गरेको हो । स्थानीय तहको निर्वाचन पछि कार्यपालिकाको असार ३१ गते बसेको पहिलो बैठकले नगर भित्रका सार्वजनिक जग्गा खोज्ने र त्यसको संरक्षण गर्ने निर्णय गरी समिति बनाएरै काम सुरु गरेको थियो । दुई बर्ष भित्र १३० विगहा सार्वजनिक जग्गा खोजी गरी संरक्षण गर्ने योजना रहेको उनले बताईन ।
व्यक्तिबाट नगरपालिकाले फिर्ता ल्याएको सार्वजनिक जग्गामा वसपार्क, इकोपार्क, कल्चरल भिलेज, सार्बजनिक शौचालय, पार्किङ स्थल तथा विश्राम स्थल बनाउने योजना रहेको कार्यबहाक नगर प्रमुख दुवाडीले बताईन ।












प्रतिक्रिया