२२ कार्तिक २०८३, आइतबार

पूर्वप्रधानमन्त्री नेपाल चीनतिर

3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ चैत । नेकपा (एमाले) का विदेश मामिला विभाग प्रमुख तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल चीन प्रस्थान गरेका छन् ।

फस्र्ट सांघाई को–अपरेसन अर्गनाइजेसन (एससीओ) पिपुल्स फोरमद्वारा सियानमा आयोजना हुने ‘प्रोमोटिङ रिजनल पिसः ज्वइन्ट्ली बिल्डिङ अ कम्युनिटी अफ सेयर्ड फ्युचर फर म्यानकाइन्ड’ मा भाग लिन नेपाल शनिबार त्यसतर्फ गएका हुन् ।

पूर्वप्रधानमन्त्री नेपालले त्यहाँ ‘एड्भान्सिङ स्ट्राटेजिक को–अर्डिनेसन फर सेयर्ड डेभ्लपमेन्ट एन्ड एक्स्प्लोरिङ रिजनल को–अपरेसन विषयमा सम्बोधन गर्ने कार्यक्रम छ ।

कार्यक्रममा नेपाल, चीन, कम्बोडिया, भारत, श्रीलंका, पाकिस्तान र टर्कीका नेताहरुको सहभागिता रहनेछ ।

पूर्वप्रधानमन्त्री नेपालका साथमा नेकपा (एमाले) का केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहरा र सदस्य शिव भण्डारी पनि छन् । उनीहरु चार दिनपछि स्वदेश फर्किने कार्यक्रम छ ।