२२ कार्तिक २०८३, आइतबार

ब्याग उद्योग संघको अध्यक्षमा बजगार्इं

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ चैत । नेपाल ब्याग उद्योग संघको पाँचौं अधिवेशनले वीरबहादुर बजगार्इंको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको छ ।

संघको उपाध्यक्षमा राजु महर्जन, महासचिवमा केशवबहादुर घिमिरे, सचिवमा निरोजप्रसाद ढुंगाना र कोषाध्यक्षमा गोविन्दकुमार ढुंगाना रहनुभएको छ । त्यस्तै सदस्यहरुमा सञ्जय पोद्दार, मुकुन्दप्रसाद थपलिया, किसनप्रसाद तिमल्सिना, कंकिश जैन, जीतेन्द्रमणि अधिकारी, दीपकप्रसाद न्यौपाने, संदिप सरावगी, रामेश्वर अधिकारी, मन्दिप बजिमय, हबिव शेख, ज्ञानकाजी महर्जन र लोकनाथ सिग्देल रहनुभएको संघले जनाएको छ । सो कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ ।

नवनिर्वाचित अध्यक्ष बजगार्इंले ब्याग उद्योगमा देखिएका समस्या समाधान गरी आन्तरिक उद्योग प्रवर्द्धनमा समन्वयका साथ अघि बढ्ने बताउनुभयो । स्थानीय ब्याग उद्योगलाई व्यवस्थित गर्न तथा बाहिरबाट आयात हुने कच्चापदार्थलाई सहजीकरण गर्न संघले विशेष पहल गर्ने सचिव निरोजप्रसाद ढुंगानाले जानकारी दिनुभयो । संघमा करिब २०० उद्योगी आवद्ध छन् । –रासस