२२ कार्तिक २०८३, आइतबार

बजार सरसफाईमा अनेरास्ववियुले देखायो चासो

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उदयपुर, २४ चैत । फोहोरमैलाको उचित व्यवस्थापनको अभावमा सदरमुकाम गाईघाट बजार कुरुप बन्दै गएपछि नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु उदयपुरले शनिबार बजार सरसफाई गरेको छ ।

सरसफाईका लागि नगरपालिकालाई नियमित चासो दिन दवावस्वरुप संगठनले बजार सरसफाइ गरेको हो । गाईघाट बजारको लोकतान्त्रिकचौकबाट सुरू गरिएको सरसफाइ हिमालीटोल, बैंक लाईनलगायतका स्थानमा सम्पन्न गरी टुगिंएको अनेरास्ववियु उदयपुरका अध्यक्ष सरोज अधिकारीले जानकारी दिए ।

‘आफ्नो घर आँगन आफैँ सफा राखौँ, हाम्रो नगरी सुन्दर बनाउ’ भन्ने मुल नाराका साथ अनेरास्ववियुले बजार सरसफाई गरेको बताएको छ । युवा तथा विद्यार्थीहरू समाज रूपान्तरणमा अग्रसर रहेको भन्दै समाज परिवर्तन अब आफ्नै घर आगन तथा टोलबाट सुरू गरौँ भन्ने सन्देशमुलक व्यानर राखी संगठनले अभियान सुरु गरेको सवि भुवन दाहालले बताए ।

उनले यो अभियानलाई साप्ताहिकरुपमा निरन्तरता दिने जानकारी दिए । प्रदेन नम्बर १ का सांसद तथा नेकपा एमाले उदयपुरका उपाध्यक्ष बिमल कार्कीको प्रमुख आतिथ्यतामा भएको सरसफाई कार्यक्रममा एमाले सचिव परमेश्वर घिमिरे, गैरसरकारी संस्था महासंघका केन्द्रीय सदस्य श्रृजना दनुवार, जिल्ला अध्यक्ष महेश्वरी राई लगायतका विद्यार्थी नेता तथा कार्यकर्ता र प्रहरीको सहभागिता रहेको थियो ।