५ कार्तिक २०८३, बिहिबार

जनता बैंक ९ औँ वर्षमा प्रवेश : विभिन्न कार्यक्रम गरि मनाइयो

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ चैत । जनता बैंक नेपाल लिमिटेड शुक्रबार ८ वर्ष पुरा गरि ९ औँ वर्ष प्रवेश गरेको छ । नवौँ वर्ष प्रवेशको अवसरमा बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गतका विभिन्न कार्यक्रमहरु गरेको छ ।

वार्षिकोत्सवको अवसरमा बैंकले शुक्रबार विहान प्रभातफेरी गरेको छ । बैकिङ साक्षरता सम्बन्धी चेतना मुलक ब्यानर र प्लेकार्डसहित गरिएको प्रफातफेरी कार्यक्रममा बैंक संचालक समितिका अध्यक्ष, संचालकहरु, र काठमाडौँ उपत्यकाका शाखामा रहेका सबै कर्मचारीहरुको सहभागिता रहेको बैंकले जानकारी दिएको छ ।

बैंकले वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविरबो आयोजना गरेको छ । देशको ग्रामिण क्षेत्रमा रहेका महिलाहरुको स्वास्थ्य अवस्थालाई मध्येनजर गरि जनता बैंकले ‘स्वस्थ्य नारी पहल’ अभियान संचालन गरि नारीहरुको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय कार्य गर्ने निर्णय गरेको छ । यसै लक्षलाई अवलम्बन गर्दै ९ औँ बर्ष प्रवेशको अवसरमा शुक्रबार चौतारा शाखा, सिन्धुपाल्चोकमा निःशुल्क बृहत स्वास्थ्य शिविरको आयोजना गरिएको बैंकले बताएको छ । उक्त स्वास्थ्य शिविरमा करीव ५०० भन्दा बढी जना महिलाहरुले स्त्री तथा प्रसुति रोग सम्बन्धि परिक्षणका लागि सहभागि भएका छन् ।

यसैगरी नयाँ बानेश्वर शाखामा निःशुल्क थायोराइड परिक्षण शिविर राखिएको छ । साथै धनगडी शाखा, कैलालीमा निःशुल्क डेन्टल, आँखा र जनरल मेडिसिन परिक्षण शिविर संचालनमा ल्याईएकोछ उक्त सिविरमा पनि बिरामीहरुलाई आवश्यक औषधि निःशुल्क वितरण गरिएको छ । त्यस्तै, बैंकले शनिबार नयाँ बानेश्वर शाखामा निःशुल्क बृहत स्वास्थ्य शिविरको आयोजना गरेको छ । उक्त शिविरमा स्त्री तथा प्रसुति रोग, हाडजोर्नी ग्यास्ट्रो, नाक, कान, घाँटी र जनरल मेडिसिन सम्बन्धी निःशुल्क परिक्षण गरिने बताइएको छ ।

बैंकले रक्तदान कार्यक्रमलाई हरेक बार्षिकोत्सवमा महत्वका साथ निरन्तरता दिदै आएकोमा शुक्रबार पनि बैंकको नयाँबानेश्वर, बिराटनगर, हेटौँडा, नारायणघाट, पोखरा, वुटवल, भैरहवा, नेपालगञ्ज र धनगढी शाखामा रक्तदान कार्यक्रम राखिएको थियो ।

यसै अवसरमा नागरिक समाज प्रतिष्ठान दमकको जेष्ठ नागरिक आवासमा भान्साकोठा सुधारको लागि बैंकले २५ हजार नगद र समाज कल्याण आँचल अनाथालय महेन्द्रनगरका २० जना विद्यार्थीहरुलाई पोषाक र करिव १० हजारको खाद्यान्न वितरण गरेको छ । त्यस्तै बैंकले देशका विभिन्न भागका सरकारी स्कूलमा अध्ययनरत बालबालिकालाई नियमित छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ । यसै अवसरमा विभिन्न विद्यालयका ४४ जना विद्यार्थीलाई २ लाख २० हजार छात्रवृत्ति वितरण गरिएको बैंकले जानकारी दिएको छ ।