रसिया । काठमाडौंको राष्ट्रिय मिर्गौला केन्द्रमा उपचारत दुवै मिर्गौला पीडित नेत्रबहादुर खत्रीलाई गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् रसियाले आर्थिक सहयोग गरेको छ ।
रोजगारीको शिलाशिलामा विगत केही वर्षअघि रसियामा पुगेका खत्रीको अचानक दुवै मिर्गौला फेल भएपछि अहिले काठमाडौंको
राष्ट्रिय मिर्गौला केन्द्रमा उपचार गराईरहेका छन् ।
शीघ्र स्वास्थ्य लाभको कामना गर्दै गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् रसियाले उनलाई रु एक लाख बयासी हजार नौंसय सहयोगार्थ आफन्तलाई बुझाएको हो ।
गैरआवासीय नेपाली संघको सचिवालयमा राष्ट्रिय समन्वय परिषदका अध्यक्ष रामेश्वर गौंतम र गैरआवासीय नेपाली संघका सचिव जानकी गुरुङ्गले संयुक्त रुपमा सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् ।
यस कार्यक्रममा ओसेनियाका क्षेत्रीय महिला उपसंयोजक प्रीति शर्मा, एनसीसी रसियाका संरक्षक उत्सव कुमार अमात्य, एनसीसी कोरियाका महासचिव डा.इन्दिरा तिवारी र विभिन्न मुलुकबाट आएका गैरआवासीय नेपालीहरूको सहभागिता रहेको थियो ।















प्रतिक्रिया