२२ कार्तिक २०८३, आइतबार

बजेट ल्याउने तयारीमा प्रदेश सरकार

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २२ चैत । प्रदेश नं १ को सरकारले यही चैत २९ मा चालु आर्थिक वर्ष ०७४/७५ को बाँकी अवधिका लागि बजेट ल्याउने भएको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङवोले बिहीबार पत्रकारहरूलाई जानकारी दिँदै बजेट तीन महिनाको हुने बताउनुभयो ।

उहाँले छोटो समयका लागि ल्याउन लागेको बजेट अनुदानमा आधारित हुने जानकारी दिनुभयो । मन्त्री आङवोले विकास निर्माणमा बजेट खर्च गर्ने समय नभएकाले सानो आकारको बजेट ल्याउन लागिएको बताउनुभयो ।

बजेट ल्याउन आर्थिक कार्यविधि विधयेक प्रदेश प्रमुखबाट बिहीबार जारी भएपछि बजेट निर्माणको कानुनी बाटो खुलेको हो । मन्त्री आङवोले उक्त बजेट विकास निर्माणका अध्ययन, नदी, बाढी र पहिरो नियन्त्रणका लागि केन्द्रित हुने जानकारी दिनुभयो । –रासस