
विराटनगर, २२ चैत । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले संघीयताको अभ्याससँगै विकास र समृद्धि कायम गर्नु प्रदेश सरकारको जिम्मेवारी रहेको बताएका छन् ।
जिल्ला समन्वय समिति महासंघद्वारा बिहीबार आयोजित प्रदेश कानूनमा जिल्ला समन्वय समिति सम्बन्धित छलफल कार्यक्रमा बोल्दै उनले प्रदेश सरकारले समन्वय समितिको काम, अधिकार र भूमिका सम्बन्धमा प्रदेश सरकारले कानून मस्यौदा सुझाव समिति गठन गरेको बताए ।
मुख्यमन्त्री राईले आगामी चैत २८ गते जिल्ला तहमा रहेका कार्यालयले प्रदेश वा जिल्ला समन्वय समिति कस्को मातहत रहने सम्बन्धमा केन्द्र सरकारसँग छलफल गरेको र अगाडि नै परिपत्र आउने जानकारी दिए ।
सामाजिक विकासमन्त्री जीवन घिमिरेले जिल्ला समन्वय समितिको भूमिका सम्बन्धमा प्रदेश सरकारले आफ्नो ल्याउने बताए । छलफल कार्यक्रममा जिल्ला समन्वय समिति प्रदेश नं १ को १४ जिल्लाका प्रमुख र उपप्रमुखको सहभागिता थियो ।












प्रतिक्रिया