५ कार्तिक २०८३, बिहिबार

सानिमा इन्स्योरेन्सको नयाँ शाखा हेटौँडा र विरगञ्जमा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २२ चैत । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले मकवानपुरको हेटौँडा र पर्साको विरगञ्जमा नयाँ शाखा संचालनमा ल्याएको छ ।
अत्याधुनिक स्तरको प्रविधियुक्त जीवन बीमा सेवा प्रदान गर्ने उद्देश्यका साथ बिहीबार शाखा संचालनमा ल्याइएको हो ।

कम्पनीका संचालक बद्री बिशाल घिमिरे, कम्पनीका मुख्य प्रबन्धक गणेश चौलागाई, वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठ र प्रबन्धक उषा खतिवडाले शाखा उद्घाटन गरेका हुन् ।

सानिमा लाइफ इन्स्योरेन्स लिमिटेड कम्पनी ऐन २०६३ तथाबीमा ऐन २०४९ अन्तर्गत स्थापना भएको हो । सानिमा बैङ्क तथा राष्ट्रियरअन्तर्राष्ट्रिय स्तरमा व्यवसायिक अनुभव हासिल गरेका प्रतिष्ठित गैरआवासीय नेपालीहरु ९ल्च्ल्० को समूहद्धारा सानिमा लाइफ इन्स्योरेन्सको प्रवद्र्धन गरिएको छ ।

३ अर्ब कम्पनीको अधिकृत पूँजी रहेको कम्पनीले २ अर्ब पूँजी जारी गरेको छ भने चुक्तापूँजी १ अर्ब ४० करोड रहेको छ ।