२२ कार्तिक २०८३, आइतबार

नक्कली परिचयपत्र तथा प्रमाणपत्र बनाउने पक्राउ

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ चैत । नक्कली परिचयपत्र तथा प्रमाणपत्र बनाउने किर्तिपुर नगरपालिका–९ नयाँ बजार स्थित दुर्क कम्प्युटर सिस्टम सेन्टरका संचालक दुर्कमान महर्जनलाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।

उक्त सेन्टरमा गैरकानूनी रुपमा नक्कली परिचय पत्र तथा प्रमाण पत्र बनाउने गरेको सूचना प्राप्त भएपछि महानगरीय प्रहरी परिसर तथा प्रहरी बृत्त कर्तिपुरबाट खटिएको प्रहरी टोलीले महर्जनलाई शंकास्पद कागजात तथा कार्डहरु एवं कार्ड बनाउने बिद्युतीय सामाग्रीहरु सहित पक्राउ गरेको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।