२२ कार्तिक २०८३, आइतबार

विदेशी मुद्रा राखेर जुवा खेल्ने ३ जुवाडे पक्राउ

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ चैत । प्रहरीले काठमाडौँबाट नेपाली ५१ हजार रुपैयाँ तथा अन्य विभिन्न देशका मुद्रा राखेर जुवा खेलिरहेका ३ जनालाई पक्राउ गरेको छ ।

काठमाडौँ महानगरपालिका–२६ मित्रनगर स्थित प्रेम बहादुर माझीले सञ्चालन गरेको सिन्धुली रिमिक्स गेष्ट हाउसको दोश्रो तलाको २ सय १ नम्बरको कोठामा तास खेलिरहेका ३ जनालाई प्रहरीले बुधबार नेपाली ५१ हजार ६ सय रुपैयाँ, साउदी रियल २ सय ८५, भारतीय ३ सय रुपैयाँ, युएस डलर १ र ३ बुक तास सहित पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।