२२ कार्तिक २०८३, आइतबार

खाल्डोमा डुबेर बालकको मृत्यु

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ, २२ चैत । मोरङको कटहरी गाउँपालिका–२ स्थित एसिसी इँटाभट्टामा पानी जमेको खाल्डोमा डुबेर गएराति एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही इँटा उद्योगमा काम गर्ने भारत घर भएका फैदुल मियाँका एक वर्षीय छोरा अलमान मियाँ रहेका छन् । पानीमा डुबेर गम्भीर घाइते भएका बालकलाई उपचारका लागि कोशी अञ्चल अस्पताल विराटनगर पुर्‍याउनासाथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । –रासस