३१ आश्विन २०८३, शनिबार

अमेरिकामा नेपालीहरूले गरे प्रशंसनीय काम

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोलोराडो । अमेरिकाको कोलोराडोमा रकी माउटेण्ड फ्रेण्डस् अफ नेपाल र ब्लड डोनर्स अफ अमेरिकाको संयुक्त रुपमा रक्तदान कार्यक्रम सम्पन्न गरेका छन् ।

नर्थग्लेनस्थित क्रसरोड चर्चमा शनिबार सम्पन्न रक्तदान कार्यक्रममा ७ जना महिला र १३ जना पुरुष गरी २० जना नेपालीले रक्तदान गरेका हुन् । रक्तदान गर्न ईच्छुक झण्डै ३० जना भए पनि बिभिन्न कारणले गर्दा २० जना मात्रै रक्तदान गर्न योग्य ठहरिएका थिए ।

रक्तदान जीवनदान भन्ने मान्यतालाई मनन गर्दै यसरी रक्तदान गर्नेहरूमा ग्लोवल फोरमका अध्यक्ष तीर्थ बर्मा, नेपाली घरका पूर्व अध्यक्ष नारायण श्रेष्ठ, ब्लड डोनर्स अफ अमेरिकाका कोलोराडो च्याप्टरका कोर्डिनेटर टीका पौडेल, नेपाल अमेरिका साहित्य संगीत प्रतिष्ठानका अध्यक्ष भुपेन्द्र महत, थ्रोन्टन सिष्टर ग्रुपका संयोजक धन पौडेल, सरोज भुषाल, क्षितिज गुरुङ, विनिता वाग्ले, सुरेन्द्र महर्जन, सन्जु थापा, सुलेखा न्याछ्यो, रवि श्रेष्ठ , श्रीराम लुइँटेल, लुना पौडेल, दीक्षा कार्की, दीपक सुनुवार, ज्योति सुनुवार, शुरेसचन्द्र प्रधान, मोहनराज मिश्र र नातिबाबु भट्ट रहेका छन् ।

आयोजक संस्था र की माउटेण्ड फ्रेण्डस् अफ नेपालका अध्यक्ष विनोद त्रिपाठीले नेपाली समुदायका व्यक्तिहरूलाई आवश्यक परेको बेला सजिलैसंग रगत उपलब्ध गराउन तथा नेपाली समुदायको पहिचाहन गराउन कार्यक्रमको आयोजना गरिएको बताएका छन् ।

एक जनाको रगतले ३ जनालाई बचाउन सकिने यस्तो अमूल्यदानको कार्यक्रम नियमित गरिने उनको भनाई रहेको छ ।

रक्तदान कार्यक्रम सफलपार्न बोन फिल्ड रक्तसंचार केन्द्र बोल्डरको प्राविधिक सहयोग र क्रसरोड चर्चले ठाउँ उपलब्ध गरेर सहयोग गरेको ब्लड डोनर्स अफ अमेरिका कोलोराडो च्याप्टरका कोर्डिनेटर टीका पौडेले बताए ।