२२ कार्तिक २०८३, आइतबार

चट्याङ लागेर एकको मृत्यु

868
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धादिङ, २१ चैत । बेनिघाट रोराङ गाउँपालिका–२ घैराङमा चट्याङ लागेर बुधबार बिहान एक जनाको मृत्यु भएको छ ।

मृत्युहुनेमा घैराङका ४० वर्षीय श्यामबहादुर विक रहेका छन् । घरमा सुतिरहेका वेला मंगलबार राती चट्याङ पर्दा गम्भीर घाइते भएपछि उपचारका क्रममा गजुरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभयो ।

चट्याङबाट घरमा सामान्य क्षति पुगेको छ । –रासस