२२ कार्तिक २०८३, आइतबार

भरुवा बन्दुक सहित पाँच जना पक्राउ

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काभ्रे, २१ चैत । काभ्रेमा भरुवा बन्दुकसहित पाँच जना पक्राउ परेका छन् ।

बनेपा नगरपालिका–३ काफलबोट बस्ने २२ बर्षीय प्रकाश दाहाल सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुबाट भरुवा बन्दुक १ थान, त्यसकोे गोली ३३ राउण्ड र १ वटा मृत बदेल सहित पक्राउ गरेको छ ।

सोही ठाउँको जंगलमा उनीहरुले जंगली बदेल सिकार गरी खाँदैछन भन्ने सूचना प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय बनेपा र प्रहरी चौकी नालाबाट खटिएको प्रहरी टोलीले बुधबार बिहान उक्त भरुवा बन्दुक, गोली र मृत बेदल सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।