बाल्टिमोर, २१ चैत । सत्र १७ वर्ष अगाडि अमेरिका छिरेका एक नेपालीको ‘ब्रेन हेमरेज’का कारण निधन भएको छ । नेपालको ओखलढुंगा स्थायी घर भएका ४७ वर्षीय दिल्ली भट्टराईको गत शनिबार उपचारका क्रममै निधन भएको हो ।
उनी सफल जीवनकै लागि लामो समयदेखि परिवारबाट टाढा रहेका थिए । उनको निधनसँगै अहिले डेढ वर्ष अघिमात्र अमेरिका आएकी धर्मपत्नी रमा कँडेल र १५ वर्षीय छोरा रोहन भट्टराई पनि बिचल्लीमा परेका छन् ।
स्वर्गीय भट्टराईकी श्रीमति रमा कँडेलले भनिन्, ‘अहिलेसम्म उनकै आश्रयमा बस्यौँ अब यो महँगो अमेरिकी दैनिकी, नावालक छोराको पढार्इ कसरी गर्ने भन्ने ठुलो चिन्ता छ ।’
‘भविश्यलाई लिएर नेपाली दाजुभाइ दिदीबहिनी लगायत सामाजिक संघसंस्थाहरू सामु सक्दो साथ र सहयोगका लागि हार गुहार गर्दछु’, उनले भनेकी छिन् ।















प्रतिक्रिया