काठमाडौँ, २० चैत । अर्ना लाईटले विगतमा जस्तै यस पटक पनि ‘फेरि उठ्ने छ नेपाल’ वार्षिक कार्यक्रम सञ्चालन गर्ने भएको छ । यस वर्ष व्यान्डवागनको साथ ‘अर्ना फेरि उठ्ने छ नेपाल’ नयाँ अवधारणाका साथ यस वर्ष सुरु गरिदैँछ । यस पटक उक्त इभन्टमा प्रोजेक्ट वान व्यान्डद्वारा एकताको सन्देश दिइदै छ ।
प्रोजक्ट वान नयाँ ब्यान्ड हो, जुन विभिन्न उत्कृष्ट रक ब्यान्ड सदस्यहरुद्वारा संगठित गरिएको हो । यसको स्थापना व्यान्डवागनका प्रबन्ध निर्देशक विकेश कायस्थद्वारा गरिएको हो । प्रोजक्ट वान व्यान्डमा मुक्ति शाक्य (Mukti & Revival), रविन तामाङ (Robin & The New Revolution), स्वप्नील शर्मा (The Shadows ‘Nepal), निरन शाही (Anuprastha), हरि महर्जन (Former Nepathya’s Lead Guitarist/HMP), शरद श्रेष्ठ (Former Lead Guitarist of The Axe/Tumbleweed), रोशन कंशाकार (Newaz) लगायत निखिल तुलाधर (Former Drummer of Nepathya/Kanta Dab Dab) छन् ।
यस ब्यान्डले ‘फेरि उठ्ने छ नेपाल’ नामक नयाँ म्युजिक भिडियो बजारमा गत ३० मार्च मा ल्याएको छ । उक्त मिडियो नेपाली संगीत प्रेमी दर्शकहरुका माझ अत्यन्त रुचाइएको थियो ।
यस टुर, यस ब्यान्डको पहिलो टुर हुने छ । सो टुर ७ अप्रिलमा नारायणगढ, २१ अप्रिलमा धरान, २८ अप्रिलमा बनेपा, ४ मेमा धनगढी, १२ मेमा पोखरा, १६ मेमा बिराटनगर, १९ मेमा इटहरी, २६ मेमा भैरहबा र २ जुनमा काठमाडौँमा हुनेछ ।
यस इभेन्टको प्रमुख प्रायोजक अर्ना बियरले यसलाई एकताको उदाहरण कामय गरी सकारात्मक सन्देश देशभर फैलाउने राम्रो अवसर मानेको छ । गत वर्षहरुमा नेपालले निकै कठिन यात्रा पार गर्दै आएको थियो । अर्नाले यस इभेन्टद्वारा एकताको महत्वलाई आत्मसाथ गर्दै सकारात्मक सन्देश नेपाली जनतामाझ फैलाउने विश्वास लिएको छ ।















प्रतिक्रिया