२२ कार्तिक २०८३, आइतबार

नेपाल–कोरिया व्यापार प्रवर्द्धन गर्नुपर्नेमा जोड

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० चैत । नेपाल र दक्षिण कोरिया दुई देशबीच आपसी सहकार्य गरी व्यापार व्यवसाय प्रवर्द्धनमा जोड दिइएको छ ।

नेपाल चेम्बर अफ कमर्सले दक्षिण एसियाका क्षेत्रीय निर्देशक पार्क हानसोको स्वागतमा मंगलबार यहाँ आयोजना गरेको कार्यक्रममा आपसी हितका लागि मिलेर अगाडि बढ्नुपर्ने बताएको हो ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष डा राजेशकाजी श्रेष्ठले दुई देशबीचको आर्थिक विकासका लागि मिलेर काम गर्न आग्रह गर्नुभयो । नेपाली सामान विदेशमा न्यून मात्रै निर्यात हुने तर आयात अत्यधिक हुँदा व्यापार घाटा बढिरहेको भन्दै दुई देशबीच आपसी सहकार्य गरी अगाडि बढ्न आह्वान गर्नुभयो ।

दक्षिण एसियाका क्षेत्रीय निर्देशक हानसोले दुवै देशको हितका लागि मिलेर जान आफूहरु तत्पर रहेको बताउनुभयो । व्यापार लगानी प्रवद्धर्नका लागि नेपाललाई सहयोग गर्न आफूहरु तयार रहेको उल्लेख गर्नुभयो ।

सोही अवसरमा नेपालका लागि कोरियाली राजदूत पार्क योंग सिकले नेपाल र कोरियाबीचको निरन्तर सहकार्य हुँदै आएकामा खुशी व्यक्त गर्नुभएको थियो । –रासस