
काठमाडौं, २० चैत । मिसन सिन्धुलीगढि राष्ट्रिय मोर्चा, नेपालले पूर्ववर्ती शेरबहादुर देउवा सरकारले संसदमा दर्ता गराएको चिकित्सा विद्येयक खारेज नगरे आमरण अनशनमा बस्ने चेतावनी दिएको छ ।
रिपोर्टर्स क्लब नेपालमा मिसन सिन्धुलीगढि राष्ट्रिय मोर्चा नेपालले पत्रकार सम्मेलन गरेर यस्तो चेतावनी दिएको हो । मोर्चाका अध्यक्ष विजय थापाले डा. गोविन्द केसीको अभियान नेपालमा शिक्षा र स्वास्थ्य क्षेत्रमा भैरहेको विकास र सुधारका प्रयासहरुमा अवरोध पु¥याउने खालको रहेको टिप्पणी गरेका छन् ।
उनले भने, ‘चिकित्साशास्त्र अध्ययन गर्ने नेपाली विद्यार्थीहरुलाई जसरी पनि विदेश पठाउने देशी विदेश संस्था तथा व्यक्तिहरुको सुनियोजित षड्यन्त्रका आधारमा तत्कालिन शेर बहादुर देउवा सरकारले सम्मानित राष्ट्रपति ज्यूलाईृ अनावश्यक दबाब र धम्कीदिई जारी गरिएको राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७४ नेपालको संविधान, विश्वविद्यालयहरुका हाल कायम ऐन नियमहरुको विपरित रहेको छ, तत्कालिन संसदमा पेश भएको राष्ट्रिय चिकित्सा शिक्षा विद्येयक, २०७४ समेतको विपरित रहेको र समग्रमा मुलुक र जनताको अहित र विदेश दलालहरुको पक्षपोषण गर्ने निति बमोजिम जारी गरिएकोले उक्त राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७४ तत्काल खारेज गरियोस् यो हाम्रो पहिलो माग हो ।’
अध्यक्ष थापाले अघि थपे,‘नेपाल सरकारले छुट्टै नेपाल मेडिकल विश्वविद्यालय स्थापना नगर्दा सम्म साविकको कानूनी व्यवस्था र प्रकृया बमोजिम मनसायपत्र प्राप्त गरी मापदण्ड बमोजिम भौतिक संरचना तयार गरेका मेडिकल कजेलहरुलाई तत्काल सम्बन्ध प्रदान गरी चिकित्साशास्त्र अध्ययन गर्ने नाममा विदेशी रहेको अरवौ नेपाली रकम तत्काल रोकियोस् ।’
नेपालको सबैभन्दा पुरानो र विश्वमा नै ख्याँती आर्जन गरेको त्रिभुवन विश्वविद्यालय अन्तर्गतको त्रि.वि.शिक्षण अस्पताल महाराजगंजलाई मुठ्ठीभर विदेशी दलालहरुले कठपुतलीमा परिणत गरिएको र नियमित पठनपाठन हुनै नदिने, विरामीको उपचारमा बाधा विरोध खडा गर्ने, अस्पताल क्षेत्रलाई नियमित अनसन स्थल बनाउने कार्य भैरहेको आरोप लगाए ।
मोर्चाका पूर्व अध्यक्ष गोविन्द बोहराले संसदमा दर्ता गरिएको चिकित्सा विद्येयक २०७४ खारेज गर्न सरकारसँग माग गरेका छन् । उनले भने,‘मुलुकमा स्थापित सबै शिक्षण अस्पताललाई नियगमन गरि सञ्चालन गर्न दिनुपर्छ, मापदण्ड पूरा गरेर निमार्ण भएका साधानहरुलाई उपभोगमा ल्याउनु पर्छ, केसीले उठाएका विषय वस्तुको बारेमा सरकारले एउटा विज्ञको समुह बनाओस्, त्यसले सत्य रिपोर्ट तयार पारोस् अनि जनतालाई स्पष्ट हुने ठाउँ फेला पर्छ।’
उनले अघि थपे,‘शिक्षण अस्पताल भित्र यस किसिमका गतिविधि तत्काल बन्दगरी सम्मानित












प्रतिक्रिया