९ कार्तिक २०८३, सोमबार

युनियन लाइफ इन्सोरेन्सको बेंसीशहर शाखा संचालनमा

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-बेलिना थापा
लमजुङ, २० चैत । युनियन लाइफ इन्सोरेन्स कम्पनी लिमिटेडको बेंसीशहर शाखा संचालनमा आएको छ । शाखाको उद्घाटन मंगलबार एक समारोहका विच बेंसीशहर नगरपालिकाका उपप्रमुख लक्ष्मी अधिकारीले गरेकी हुन् । उद्घाटन कार्यक्रमलाई संबोधन गर्दै उपप्रमुख अधिकारीले विमालाई दुरदराज रहेका गाउँका साथै घरघरमा पुर्याउनुपर्नेमा जोड दिइन् ।

उनले हरेक नागरिकलाई विमा सम्बन्धी जनचेतना दिन आवश्यक रहेको भन्दै सबैलाई विमाको पहुँचमा पुर्याउनुपर्ने बताइन् । अधिकारीले जिबन विमाको महत्वको बारेमा पनि जानकारी गराएका थिए ।

कार्यक्रममा युनियन लाइफ इन्सोरेन्स कम्पनी लिमिटेडका नायब महाप्रबन्धक कोषराज सुबेदीले जिबन विमाको शूचना र चेतनाका लागि कम्पनी अघि बढेको बताए । यस्तै प्रदेश नम्बर ४ का क्षेत्रीय प्रबन्धक हरिप्रसाद ढुंगानाले हाल सम्म कम्पनीको ८६ वटा शाखा संचालनमा आएको भन्दै प्रदेश नम्बर ४ मा मात्रै १० वटा शाखा संचालनमा रहेको जानकारी दिएका थिए । कम्पनीले हाल नयाँनयाँ खालका पोलीसीका साथ अघि बढेको पनि बताए ।

कार्यक्रममा लमजुङ उद्योग वाणिज्य संघका द्धितिय उपाध्यक्ष गुणराज सिलवाल, नेपाल पत्रकार महासंघ निवर्तमान केन्द्रिय सदस्य किसान संगित नेपाली, जन विकास कलेजका प्रमुख सुरेश बराल लगायतले मन्तब्य व्यक्त गर्दै जिबन विमा अनिवार्य गर्नुपर्नेमा जोड दिएका थिए ।