चितवन, २० चैत । प्रदेश नम्बर ३ का कृषी तथा भूमि व्यवस्था मन्त्री दावा दोर्जे लामाले मालपोत र नापी कार्यालय भरतपुरको आकस्मिक निरिक्षण गरेका छन् । सेवा प्रवाहमा ढिलासुस्ती हुने गरेको जनगुनासो आएपछि मन्त्री लामाले कार्यालयको निरिक्षणसँगै कर्मचारीलाई निर्देशन दिएका हुन् ।
उनले जनताको काममा ढिलासुस्ती नगर्न र न्यायपूर्ण तवरले काम गर्न कर्मचारीलाई निर्देशन दिए । जनताको सेवा प्रवाहमा बाधा पुर्याउने कर्मचारीलाई कारबाही गरिने मन्त्री लामाले चेतावनी दिए । उनले भ्रष्टचारमुक्त कार्यालय बनाउने अभियानमा लागेको भन्दै त्यसमा सबैको साथ आवश्यक रहेको बताए ।
“कार्यालयले जनताको काम छिटो छरितो गर्नुपर्छ’ उनले भने, ‘सानो कामका लागि पनि दुःख दिने प्रबृत्ति अन्त्य हुनुपर्छ ।”
सो अवसरमा मालपोत कार्यालयका कामु प्रमुख खेमनारायण पौडेल र नापी प्रमुख अमृत अधिकारीले कर्मचारी र स्रोतसाधनको अभावमा सेवा प्रवाहमा समस्या भएको गुनासो राखेको थिए । मन्त्री लामाले कार्यालयको निरिक्षणसँगै सेवाग्राहीको गुनासो समेत सुनेका थिए ।












प्रतिक्रिया