काठमाडौं, २० चैत । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमालेको आशा र भरोसा विपरित तत्कालिन प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा र पत्नी डा. आरजु राणा देउवालाई खुसी बनाउँदै कांग्रेसमा प्रवेश गरेका विश्वकै धनी व्यापारी भनेर चिनिएका नेपाली नागरिक विनोद चौधरी एमाले नेतृत्वको सरकारको फन्दामा पर्ने भएका छन् । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा एमालेको तर्फबाट सांसद बनेका चौधरी २०७४ सालको प्रतिनिधिसभामा निर्वाचनमा भने नेपाली कांग्रेसको कोटामा समानुापतिक निर्वाचन प्रणालीबाट सांसद बन्न सफल भएका थिए ।
चौधरीले कांग्रेसको चुनावी आभियानको नेतृत्व नैं लिएका थिए । कांग्रेसलाई धेरै आर्थिक सहयोग र चन्दा दिएर कांग्रेसको नेतृत्वमा नैं प्रभावकारी भूमिका खेलेका चौधरीलाई प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले कानुनी वाटो पकड्दै अप्ठ्यारोमा पारेका हुन् ।
पाँच बर्षअघि २०६९ साल असोजमा काठमाडौंको सतुंगलस्थित सीजी इलेक्ट्रोनिक्समा भएको आगलागी र त्यसमा भएको क्षतिको आधारमा बिमाबाट रकम लिने प्रकृया अपनाउँदा नक्कली काम गरेको भन्दै २४ करोढ रूपैया तिराईएको छ ।
सीजी इलेक्ट्रोनिक्स, सीजी इम्पेक्स र इयुए जस्ता कम्पनीको स्वामित्व विनोद चौधरीमा छ । उनै चौधरीको २७ प्रतिशत शेयर भएको युनाईटेड इन्स्योरेन्स कम्पनीबाट आगालागिबाट भएको क्षति ५८ करोड भएको भनी सर्वेक्षक र अण्डरराईटरबाट प्रमाणीत गराएका थिए । क्षति भएको ५८ करोडमध्ये ३४ करोड चौधरी गु्रपले रकम लिइसकेको छ भने २४ करोडको बैंक ग्यारेण्टी पाइसकेको थियो ।
विमा समितिले क्षतिभन्दा बढी रकम विमा दावी गरेको भन्दै २४ करोड रूपैयाँ विमा कम्पनीलाई फिर्ता गर्नु पर्ने निर्णयलाई चौधरी गुपले अटेर गरेको थियो ।
विमा समितिको निर्णयलाई सद्धर गर्दै उच्च अदालत पाटनले समेत चौधरीलाई विमा दाबी गर्दा किर्ते गरेको भन्दै २४ करोड रूपैयाँ तिराउने फैसला गरेको छ हो । अदालतले चौधरीको पछि लागेर किर्ते कार्यमा संलग्न सर्वेक्षक र अण्डरराईटरलाई समेत जनही ३/३ हजार रूपैयाँ जरिवाना गरेको छ ।












प्रतिक्रिया