१३ कार्तिक २०८३, शुक्रबार

सुरक्षाकर्मी खोस्ने योजनामा बादल

6.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० चैत । सुरक्षाकर्मीलाई घरको भात भान्सा र श्रीमतीको लुगाफाटा सफाईमा काम लगाएर श्रम शोषण भएकोतर्फ आँखा चिम्लिदै आएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले महत्वपुर्ण व्यक्तिको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई फिर्ता बोलउने योजना बनाएका छन् । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।

नेपाल प्रहरीका कति सुरक्षाकर्मी दरबन्दी अनुसार कहाँ कार्यरत छन भन्ने बिषयमा जानकारी र सूचना नैं नभएका गृहमन्त्री बादलले मिडियामा चर्चा कामउने उदेश्यले सुरक्षा चुनौति भएका व्यक्तिलाई सुरक्षा प्रदान गरिरहेका सुरक्षाकर्मीलाई फिर्ता वोलउने योजना अलमलिएको छ ।

विशेष गरेर गृहमन्त्रालयका कर्मचारीले हाल प्रमुख जिल्ला अधिकारी र गृहमन्त्रालयले सुरक्षा चुनौतिको अध्ययन विश्लेषणको आधारमा विशिष्ट व्यक्तिको सुरक्षा दिइरहेको अवस्थामा एक्कासी उनीहरूलाई फिर्ता वोलाउँदा भयंकर दुर्घटना निम्तिन सक्ने चेतावनी दिएपछि बादलको निर्णय प्रकृया नै बादलमा मडारिएको छ ।

आफूलाई चर्चित र लोकप्रीय बनाउने नाममा भीआईको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी फिर्ता बोलाउँदा कुनै दुर्घटना भएमा सबै दोष गृहमन्त्रालयलाई नै पर्ने भन्दै सचेत गराएपछि वादलको निर्णयमा तुसारापात भएको हो ।

गृह सचिव मोहनकृष्ण सापकोटाले समेत पहिले कुन प्रहरी कहाँ कार्यरत छन भन्ने थाहै नभई भीआईपीबाट सुरक्षाकर्मी फिर्ता बोलए अपराधिक गतिविधिमा रहेका व्यक्तिले घटना बढाउन सक्ने आशंका व्यक्त गरेका थिए ।

गृहसचिव सापकोटाले गृहका अधिकांस कर्मचारीको पनि यस्तै धारण रही आएको वताएका थिए । बादलले पूर्वराष्ट्रप्रमुख, पूर्पप्रधानमन्त्री, पूर्वउपप्रधानमन्त्री, र पूर्वगृहमन्त्रीवाहेकले प्रयोग गरेका सवै सुरक्षाकर्मी फिर्ता वोलाउने निर्णय गर्न गृह सचिवलाई दबाब दिएका थिए । तर सचिव सापकोटाले यस्ता निर्णय गर्न हचतार नगर्न सुझाव दएका थिए ।

बादलको निर्णय कार्यान्वयन गरिएमा बहालवाला बाहेक अन्य सुरक्षा थ्रेट भएका व्यक्तिबाट सुरक्षाकर्मी फिर्ता वोलाउँदा चुनौति थपिन सक्ने चेतावनी पनि दिएका थिए ।

हाल नेपालका पूर्वराष्ट्रप्रमुखको हैसियतमा पूर्वराजा ज्ञानेन्द्र र पूर्वराष्ट्रपति रामवरण यादब, पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, डा. बाबुराम भट्टराई, झलनाथ खनाल, माधवकुमार नेपाल, शेरबहादुर देउवा र लोकेन्द्रबहादुर चन्द तथा मन्त्रीपरिषद्को पूर्वअध्यषको हैसियतमा खिलराज रेग्मी छन् । त्यस्तै एक दर्जन उपप्रधानमन्त्री र एक दर्जन नैं गृहमतन्त्री भएका थिए ।

पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेल, पूर्वमन्त्री डा. मिनेन्द्र रिजाल, सांसद डा. अमरेसकुमार सिंहमाथि सुरक्षा चुनौति छ गृहमन्त्री वादलले सुरक्षकर्मी ति व्यक्तिबाट पुरै फिर्ता लिन नसकेपनि कालान्तरमा सुरक्षकर्मीको संख्यामा भने कटौति गर्ने भएका छन् । हाल नेपाल प्रहरीले पूर्वमन्त्री, वहालवाला सांसद, चर्चित उद्योगपति, व्यापारीलाई समेत व्यक्तिगत सुरक्षाकर्मी (पीएसओ) उपलब्ध गराउँदै आएको छ ।

नेपाल प्रहरी र शसस्त्रप्रहरी वलमा भन्दा नेपाली सेनाका अधिकृतहरूमा सैनिक जवानलाई घरेलु काममा लगाउने धेरै चलन छ । नेपाली सेनाले ड्राइभर, भान्से, घर हेरालु, लुगा धुने, घर बनाउने आदि कार्यमा सैनिक जवानलाई वढी उपयोग गर्ने गरेको छ । सुरक्षाकै नाममा नेपाली सेनाका पूर्वसहायक रथी माथिका व्यक्तिले समेत सुरक्षाको नाममा सैनिक जवानलाई घरेलु काममा लगाइरहेका छन् ।