काठमाडौँ, १९ चैत । काठमाडौँको बबरमहलमा बसमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
बा १ ग २२३५ नंको बसमा बा ८० प ११७३ नंको मोटरसाइकल ठोक्किँदा गम्भीर घाइते भएका काभ्रे पनौतीका १८ वर्षीय निश्चल बस्नेतको सोमबार उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले तीव्र गतिमा आएको मोटसाइकल एक्कासी बसमा ठोक्किँदा दुर्घटना भएको जानकारी दिनुभयो । उहाँले मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको बताउनुभयो । –रासस












प्रतिक्रिया