
रोल्पा, १९ चैत । थवाङ गाउँपालिका–५ ठूलोगाँउ बस्ने ३८ बर्षीय रामप्यारी झाक्रीलाई ८ के.जि. लागू औषध चरेश सहित प्रहरीले सोमबार पक्राउ गरेको छ ।
माडी गाउँपालिका–२ घर्तिगाँउ स्थित थवाङबाट घोराहीतर्फ जाँदै गरेको ना.३ ख ५६४४ नम्बरको बस प्रहरीले जाँच गर्ने क्रममा झाक्रीले डिक्कीमा लुकाई छिपाई राखेको झोलामा उक्त लागूऔषध फेला परेको हो ।
यस विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया