२२ कार्तिक २०८३, आइतबार

प्रधानमन्त्रीको भारत भ्रमणमा १९५० को सन्धिबारे कुरै हुँदैन: डा. भेषबहादुर थापा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १९ चैत्र । नेपाल–भारत प्रवुद्ध समूहका नेपाल तर्फका संयोजक एवम् पूर्व राजदुत डा. भेषबहादुर थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको तीन दिने भारत भ्रमणमा १९५० को सन्धिबारे कुरै नहुने स्पष्ट पारेका छन् । थापाले प्रधानमन्त्रीको भ्रमण सफल र फलदायी हुने विश्वास दिलाए ।

प्रधानमन्त्री ओलीको भारत भ्रमणको पूर्व सन्ध्यामा सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा पूर्वराजदुत थापाले यस्तो बताएका हुन् । उनले वर्तमान सरकारले अघि सारेको प्राथमिकताकै आधारमा आन्तरिक तथा बाहृय सम्बन्धहरु अघि बढ्नेमा आफू विश्वस्त रहेको सुनाए । उनले भने, ‘अहिलेको सरकारको मुख्य फोकस नै राष्ट्रियतालाई बलियो बनाउने, राष्ट्रिय स्वार्थलाई अघि बढाउने र जनतालाई समृद्धि दिने नै हो, सम्वाद गर्दा यीनै कुरामा ध्यान दिनुपर्छ ।’

थापाले भ्रमणमा नयाँ सम्झौता गर्नुभन्दापनि भएका सम्झौताहरु कार्यान्यवनमा जोड र आर्थिक समृद्धि हाँसिल गर्ने विषयमा केन्द्रित रहेर कुरा गर्न सुझाव समेत दिएका छन् ।  थापाले नेपालमा निर्वाचन सम्पन्न भएसँगै स्थायी प्रकृतिको सरकार बनेको सुनाए । उनले भने, ‘अहिले वातावरण फेरिएको छ, चुनापछि भारत र स्वयम् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि नेपालका तीन जना नेतालाई फोन गरेर बधाई दिनुभयो, यसले पनि के देखाउँछ भने अहिले वातावरण फेरिएको छ ।’

नेपालमा विगतदेखि नै सरकारले धेरै कुराहरु कबुल गरेको तर लागू गर्न नसक्दा जनतामा निराशा छाएको उनको टिप्पणी थियो । उनले भने, ‘अहिलेपनि धेरै आन्तरिक तथा बाहृय चूनौतिहरु छन्, सबै कुराहरुलाई सुझबुझका साथ अघि बढाउनुपर्छ, सरकारले ६ वटा प्राथमिकताहरु सार्वजनिक गरिसकेको छ, अब कार्यान्वयनमा जोड दिनुपर्छ ।’

भारतसँग आजभन्दा करिब १८ वर्षअघि पञ्चेश्वर आयोजनामा हस्ताक्षर भएपनि अहिलेसम्म त्यो अगाडि नबढ्नु दुःखदायी कुरा भएको उनको गुनासो थियो । ‘अहिले त भनेर भन्दा पनि गरेर देखाउने बेला आएको छ’–थापाले थपे।