
रौतहट, १९ चैत । रौतहट गौर नगरपालिका–४ टिकुलिया बस्ने ५० बर्षीय जोगेन्द्र सहनीलाई कटुवा पेस्तोल १ नाल र एस.एल.आर.को गोली ३ राउण्ड सहित प्रहरीले पक्राउ गरेको छ ।
यमुनामाई गाउँपालिका–५ झुनखुनवा चोक स्थित BR05E2601 नम्बरको मोटरसाइकल प्रहरीले जाँच गर्ने क्रममा चालक सहनीको साथमा रहेको कालो झोला भित्र उक्त हतियार फेला परेको हो । घटनाका विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
यसैबीच, आफ्नै श्रीमतीलाई कुटपिट गरि हत्या गरेको अभियोगमा गौरीगंज गाउँपालिका–३ दन्तकाली बस्ने ३० बर्षीय पासाङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।
घरायसी बिवाद हुँदा पासाङले आफ्नै श्रीमती २८ बर्षीया निमथोकी शेर्पालाई काठको मुढाले टाउकोमा हिर्काउदा गम्भीर घाईते भएकीले उपचारको लागि लाईफ लाईन अस्पताल दमक लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।












प्रतिक्रिया