२२ कार्तिक २०८३, आइतबार

संसद बैठक बस्दै, खड्काको निधनमा शोक प्रस्ताव पारित गरिने

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ चैत । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक सोमबार बस्दै छ।

प्रतिनिधिसभाको बैठक सोमबार दिउँसो १ बजे र राष्ट्रिय सभाको बैठक २ बजे बस्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

सोमबारको बैठकबाट पूर्वमन्त्रीसमेत रहेका नेपाली कांग्रेस नेता खुमबहादुर खड्काको निधनप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची छ।

शोक प्रस्तावबाहेकका अन्य कुनै कार्यसूचीमा छलफल नहुने संसद् सचिवालयका प्रवत्ता भरतराज गौतमले जानकारी दिए।