१३ कार्तिक २०८३, शुक्रबार

कहिले कसलाई बिदा

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ चैत । सरकारले दसैंमा तीन दिन बिदा कटौती गरेको छ । ३० आश्विनदेखि ३ कात्तिक अर्थात् फूलपातीदेखि एकादशीसम्म मात्र अब दसैं बिदा हुने भएको छ । तिहारको तीन दिन सार्वजनिक बिदा यथावत राखिएको छ ।

१५ जेठ गणतन्त्र दिवस, २२ भदौ निजामाती सेवा दिवस, २७ पौष राष्ट्रिय एकता दिवस, १६ माघ शहीद दिवस, ७ फागुन राष्ट्रिय प्रजातन्त्र दिवस र २१ जेठ जातीय भेदभाव तथा छुवाछूत उन्मुलन दिवसलाई राष्ट्रिय रूपमा मनाइने तर कार्यालय भने नखुल्ने सरकारले निर्णय लिएको छ । राजधानी दैनिकले समाचार छपोको छ ।

सरकारले किरात तथा लिम्बुहरूको उभौली, चण्डी, इस्लाम धर्मालम्बीहरूको इद, इसाईको क्रिसमस डे, गौरापर्व, ल्होसार, तमु ल्होसार, माघे संक्रान्ति, ग्याल्बो ल्होसार, सिरुवा पावनी, धवथाम्बु छेउचिकलगायत पर्वलाई सार्वजनिक बिदाबाट हटाएर सम्बन्धित धर्म, संस्कृति, भौगालिक क्षेत्र र स्थान विशेषका लागि मात्र सार्वजनिक बिदा हुने पर्वका रूपमा मनाउने निर्णय गरेको छ ।

महिलालाई मात्र हरितालिका र जितिया पर्वमा बिदा दिने भएको छ । वसन्त पञ्चमी २७ माघमा शिक्षण संस्थाहरूका लागि बिदा दिने निर्णय भएको छ ।

अन्तर्राष्ट्रिय अपांगता दिवसमा अपांगता भएका कर्मचारीका लागि र गुरु नानक जयन्ती ७ मंसिर र फाल्गुनन्द जयन्ती २५ कात्तिकमा सम्बन्धित धर्मालम्बीलाई मात्र बिदा दिने भएको छ । गाईजात्रा, इन्द्रजात्रा, मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा, घोडेजात्राका दिन काठमाडौं उपत्यकामा मात्र बिदा हुने भएको छ ।