२२ कार्तिक २०८३, आइतबार

तातोपानीको सरसफाइमा युवा

854
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


-बेलिना थापा
लमजुङ, १८ चैत । मस्यार्ङदी गाउँपालिका ६, मस्र्याङदी किनारको तातोपानीमा नुआउन आउनेले जथाभावि फोहर गर्ने र तातोपानीमै फोहर गरिदिएपछि बाहुनडाँडाका युवाले सरसफाई गरेका छन् । प्रदुषित बन्दै गएको भन्दै युवा सरसफाईमा लागेका हुन् ।

मस्यार्ङदी किनारको तातोपानीको सरसफाईका लागि बाहुनडाँडास्थित योङस्टार क्लवका पदाधिकारी तथा युवा खटिएका छन् । उनीहरुले प्रदुषित तातोपानी र यस क्षेत्रमा जाने बाटोको सरसफाई गर्न थालेका छन् । तातोपानी नुहाउन आउनले सिसा, प्लाष्टिक तथा कागजजन्य फोहर जथाभावि रुपमा फालेपछि उक्त क्षेत्रमा फोहरमैला बढेपछि सरसफाई थालिएको योङस्टार क्लव बाहुनडाँडाका उपाध्यक्ष विष्णु गुरुङले बताए ।

पिकनिक खानेले जथाभावि रुपमा फोहर फाल्ने गरेकाले फोहोरलाई व्यवस्थापन गर्न सचेतना समेत जगाएको सरसफाईको नेतृत्व लिएका योङस्टार क्लवका उपाध्यक्ष गुरुङले बताए । उनका अनुसार सधैंको फोहोर देखिने तातोपानी र तातोपानी क्षेत्रमा युवाले सरसफाई गरेका छन् । क्लवमा आबद्ध २५/३० जना तथा प्रहरी मिलेर सरसफाई गरिएको र आगामी दिनमा पनि सरसफाई गरिने उनले बताए ।

बेंसीसहर–चामे सडकको मस्यार्ङदी गाउँपालिका ३, अर्खलेबेंसी पारीको तातोपानी कुण्डमा नुहाउन मानिसहरु दैनिक पुग्छन् । नुहाउन जानले भित्रीवस्त्र, पाइन्ट, कट्टु, फ्रक, लुंगी लगायत समेत यतिकै छोडेर जाने गरेको भेटिएको छ । सरसफाईका क्रममा युवाले तातोपानीको सवै पानी फालेर नयाँ पानी भरेका छन् । उनीहरुले जैविकलाई जलाएका छन् भने अजैविकलाई गहिलो खाडल खनेर गाढेका छन् ।

तातोपानी कुण्डमा नुहाउन र यसको अध्ययन अवलोकनका लागि दैनिक देशीविदेशी आउने गरेका छन् । वस्तीभन्दा केही टाढा मस्यार्ङदी नदी किनारमा रहेको तातोपानीमा नुहाउन बर्षेनी आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्छ । तातोपानीमा नुहाउनाले बाथ, हाडजोर्नी तथा छलासम्बन्धी दाद, घाउ, खटिरा, चायाँ, मुसा, डन्डिफोर लगायत रोगहरु निको हुने विश्वासले मानिसहरु आउने गरेका स्थानीय बताउँछन् ।