२२ कार्तिक २०८३, आइतबार

प्रधानसेनापति राजेन्द्र क्षेत्री कंगो र दक्षिण सुडान जाँदै

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ चैत । प्रधानसेनापति राजेन्द्र क्षेत्री द्वन्द्वग्रस्त कंगो र दक्षिण सुडान जाने भएका छन । चार सदस्यीय सैनिक टोलीको नेतृत्व गर्दै प्रधानसेनापति क्षेत्री सोमबार (भोली) कंगो र सुडानमा तैनाथ नेपाली शान्ति सेनाको अवस्थाको अध्ययनका लागि क्षेत्री त्यसतर्फ जान लागेका हुन् ।

प्रधानसेनापतिको भ्रमण संयुक्त राष्ट्र संघको आह्वानमा खटिएको फौजको निरीक्षणका लागि हुन लागेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सैनिक भ्रमण टोलीले कंगो र दक्षिणी सुडानमा तैनाथ अन्य फौजको अवस्था र अन्य देशका सैन्य अधिकारीसँग समेत भेटवार्ता गर्ने छन। दक्षिण सुडानमा नेपालले संयुक्त राष्ट्र संघका तीनवटा मिसन क्षेत्रमा काम गरिरहेको छ । अनमिस अन्तर्गत १३ जना मिलिट्री अब्रर्जर, ३६ जना स्टाफ अफिसर सहित एकहजार ७ सय ४९ सैन्य अधिकारी खटिएका छन ।

यस्तै कंगोमा प्राविधिक टोली सहित तीनवटा मिसनमा ८ सय ९६ सैन्य अधिकारी खटिएका छन । जसमा १४ मिलिट्री अब्जर्बर र ५ जना स्टाफ अफिसर रहेका छन । प्रधानसेनापति क्षेत्री भ्रमण सकेर चैत २७ मा नेपाल फर्कने छन् ।