२२ कार्तिक २०८३, आइतबार

नहरमा एक पुरुष मृतावस्थामा फेला

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाल्पा, १७ चैत । रामपुर नगरपालिका–३ ढापखोलास्थित नहरमा एक पुरुष मृतावस्थामा फेला परेको छ । रामपुर फाँट सिँचाइ आयोजनाअन्तर्गत रहेको नहरमा स्थानीयवासीले शनिबार बगाएर ल्याएको अवस्थामा शव फेला पारेको हो ।

मृतावस्थामा फेला परेको पुरुषको शव निस्दी गाउँपालिका–२ सहलकोट घर भई हाल रामपुर नगरपालिका–१ छम्के बस्दै आएका ५३ वर्षीय नरबहादुर सारुको रहेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।

स्थानीयवासीले नहरले बगाएर ल्याएको अवस्थामा शव भेटिएपछि प्रहरीलाई खबर गरेका थिए । शवको कुनै पनि भागमा चोट नरहेकाले नहरमा खसेर मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ । रामपुर अस्पतालमा शव परीक्षण भइरहेको छ । –रासस