३१ आश्विन २०८३, शनिबार

अमेरिका पुग्ने सपना चक्नाचुर, रित्तो हात फर्कंदै यी युवा

3.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नाइजेरिया, १७ चैत । अमेरिका लग्ने भनेर दलाल द्वारा पश्चिमी अफ्रिकास्थित टोगोमा अलपत्र पारिएका ६ जना नेपालीहरु उद्धार गरिएको छ । अलपत्र परेका महेश्वर आचार्य, कमल बहादुर धर्ती, मीनबहादुर श्रीस पुन, अशोक पौडेल, जीवन श्रेष्ठ र सोनामछिरी शेर्पा घर फर्केका छन्  ।

उनीहरु गत हप्ता नाइजेरियास्थित एनआरएनए कोषाध्यक्ष हिक्मत थापासँग सम्पर्कमा आएका थिए । थापासँग उनीहरुले घर फिर्ता हुनका लागि सहयोग मागे पछि थापाले एनआरएनए मार्फत सहयोगका लागि पहल गरेका थिए ।

उनीहरुको राहदानी समेत दलालले राखेको र अन्त्यन्तै कष्टका साथ उनीहरुलाई गत छ महिनादेखि पश्चिमि अफ़्रिकि मुलुक टोगोमा राखिएको थियो । उनीहरु आइतबार बेलुकी दिल्ली हुँदै काठमाडौं पुग्दैछन् ।