५ कार्तिक २०८३, बिहिबार

लमजुङमा सिभिल बैंकको पाँचौ शाखा सञ्चालनमा

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–बेलिना थापा
लमजुङ, १७ चैत । सिभिल बैंक लिमिटेडले लमजुङमा पाँच नयाँ शाखा विस्तार गरेको छ । बैैकले लमजुङको भुलभुले, राइनास, मालिङ र गौंडा शाखा संचालनमा ल्याईसकेको छ भने बेंसीशहर शाखा शनिबारबाट संचालनमा आएको छ ।

५९ औँ शाखाको रुपमा शनिबारबाट सञ्चालनमा आएको बेंसीशहर शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले गरेका छन् । शाखाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गर्भनर नेपालले बैंकको उपस्थितिविना संघीय नेपालको समृद्धि हुन नसक्ने बताए । उनले देशका अतिदुर्गम स्थानहरुसम्म बित्तीय पहुँच पुर्‍याउने सोच अनुरुप मौद्रिक निति बनाईने भन्दै त्यसको कार्यान्वयनमा जोड दिइने बताए ।

बैंकिङ सेवाले नागरिकलाई अवसर प्रदान गर्ने उनको भनाई थियो । हालसम्म नेपालको कूल ४० प्रतिशत जनताले मात्र बैकिङ गर्ने र सो ४० प्रतिशत भित्रको ४२ प्रतिशतले मात्र ऋण सुविधाको उपभोग गर्ने गरेको उनले जानकारी गराएका थिए । स्थानीयतहमा बैंकको आवश्यकता महशुस गरेर नेपाल राष्ट्र बैंकले ७ सय ५३ स्थानीयतहमा बित्तीय पहुँच पुर्‍याउने नीति अनुरुप हरेक स्थानीय निकायमा कम्तीमा एउटा वाणीज्य बैंकको शाखा खोल्नका लागि नेपाल राष्ट्र बैंकले निर्देशन जारी गरेको समेत बताए । उनले ग्रामीण भेगमा बैंकको शाखाबिस्तार हुँदा बित्तिय साक्षरताको अभिबृद्धी हुने र सबैको सहयोग मिलेमा देशमा आर्थिक सम्बृद्धी आउन सकिने बताए ।

कार्यक्रममा बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल, लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापाले मन्तब्य व्यक्त गर्दै बैंकिङ सेवाको पहुँचले नागरिकलाई ज्ञान अभिवृद्धी सँगै व्यवसायिक रुपमा लाग्न सहज हुने बताए ।

सिभिल बैंकले हालसम्म २ लाख भन्दा बढी ग्राहकहरु रहेको छ भने रु.३७ अर्व भन्दा बढी निक्षेप परिचालन गरी करीव रु.३६ अर्व कर्जा लगानी गरेको छ ।