२२ कार्तिक २०८३, आइतबार

क्षेत्रीय प्रमुखहरूलाई राज्यमन्त्रीको निर्देशन– दलालहरूसँग टाढै बस्नू !

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ चैत । किसान र सर्वसाधारणको पक्षमा राज्यमन्त्री नियुक्ति भएदेखि नै सक्रिय रहेकी रामकुमारी चौधरीले केन्द्रका मात्र हैन क्षेत्रका कर्मचारीहरूलाई पनि कडा निर्देशन दिएकी छन् ।

बिराटनगरमा कृषि, भूमी व्यवस्था तथा सहकारी मन्त्रालय अन्तर्गतका पूर्व क्षेत्रीय कार्यलय प्रमुखहरूलाई निर्देशन दिँदै उनले भनिन्,‘किसानको पक्षमा काम गर्नुहोस्, दलालसँग टाढा बस्नुहोस् ।’

असली किसानले अहिलेसम्म समस्यामात्र खेपीरहेको बताउँदै उनले जनताका लागि काम गर्ने समयलाई खेर नफाल्न सुझाव पनि दिइन् ।

कार्यालय समयमा कर्मचारीको अनुपस्थिति अब सह्य नहुने बताएकी उनले सो समयमा जनताका गुनासा सुन्ने, काम गर्ने बानी बसाल्न माथाहतका क्षेत्रीय प्रमूखहरूलाई निर्देशन दिएकी हुन् ।