२२ कार्तिक २०८३, आइतबार

अभिव्यक्ति स्वतन्त्रता कार्यान्वयन हुन सकेन : कामु प्रन्या जोशी

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ चैत । सर्वाेच्च अदालतका कामु प्रधानन्यायाधीश दीपकराज जोशीले संविधानले पहिलेदेखि नै अभिव्यक्ति स्वतन्त्रताको विषय राखे पनि व्यावहारिक रुपमा भने प्रभावकारी कार्यान्वयन हुन नसकेको बताउनुभएको छ ।

नेपाल पत्रकार महासंघको ४३ औँ स्थापना दिवसका अवसरमा जोशीले न्यायालय र प्रेस एकअर्काका परिपूरक भएकाले एकार्काप्रति सकारात्मक भावना हुनु आवश्यक छ भन्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले नयाँ प्रेस कानून बन्दै गरेको जानकारी दिनुभयो । कार्यक्रममा राजनीतिक दलका विभिन्न प्रवक्ताले पत्रकारमाथि हुने आक्रमणप्रति चिन्ता व्यक्त गर्दै राजनीतिक तवरबाट प्रेसमा तगारो आउन नहुने बताएका थिए । –रासस