२२ कार्तिक २०८३, आइतबार

सूचना नदिएमा भ्रष्टाचारको आशङ्का हुने

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सल्यान, १६ चैत । प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले सूचना दिने कार्यमा कञ्जुस्याइँ नगर्न जनप्रतिनिधिलाई आग्रह गर्नुभएको छ ।

सदरमुकाम खलंगामा जनप्रतिनिधिका लागि शारदा नगरपालिकाले आयोजना गरेको ‘आधारभूत कानून, सुशासन तथा सूचनाको हक’ विषयको गोष्ठीमा उहाँले कार्यालयमा हुने हरेक सूचना नलुकाएर जस्तातस्तै नागरिकलाई दिनुपर्ने बताउनुभयो । नागरिकले मागेको सूचना कर्मचारीले नदिएमा भ्रष्टाचारको आशंका हुने बताउँदै उहाँले सूचना माग्ने कुरामा पछि नहट्न पनि आग्रह गर्नुभयो । –रासस