
काठमाडौँ, १६ चैत । क्यानाडा पठाइदिन्छु भन्दै भारतको दिल्ली पुर्याएर अलपत्र बनाएको आरोपमा यती एयरलाइन्सका कर्मचारी पक्राउ परेका छन् ।
बारा घर भई यती एयरलाइन्सको प्रशासन विभागमा काम गर्ने सिंह प्रताप बस्नेतलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले बिहिबार पक्राउ गरेको हो ।
उनले मल्टिपल भिसामा क्यानाडा पठाएर काम लगाइदिने भन्दै ठगी गरेको सिआईबीले जनाएको छ । केही व्यक्तिहरुलाई क्यानाडा लैजाने भन्दै दिल्लीमा अलपत्र बनाएको सिआईबीका एसपी जीवनकुमार श्रेष्ठले बताए ।
कतिपयलाई यती एयरलाइन्सको कार्ड समेत अवैध रुपमा उनले बनाइदिएको खुलेको छ । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा प्रहरीले उनीमाथि कारबाही अघि बढाएको छ ।












प्रतिक्रिया